" />
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति दिएको हो छ । बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ जारी हुने छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुने छ । साधारण शेयर निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।