" /> ५ वटा टोलीलाई आरोहण अनुमति – News of Global

News of Global सोमबार, कार्तिक १७, २०७७

काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेका छन् । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ ।

यो टोलीले मनास्लु ९८१६३ मि।०को हिमाल चढेर स्वदेश फर्किसकेको छ । ६ जना समूहको एक नेपाली टोलीले वरुत्से हिमाल आरोहण गरेको छ ।

यसअवधिमा कतारका राजकुमारसहितको अर्को टोली अमादब्लम ९६८१४मि।० हिमाल चढ्न आएको छ । यो टोलीमा ६ जना आरोही सदस्य छन् ।
विभागका अनुसार यसबाहेक ग्लाल्जेन पीक ९६१५१ मि।० र हिमलुङ हिमाल ९७१२६ मिं० आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् । यसमा क्रमशः ३ र ५ जना सदस्य रहेका छन् । तीन जना सदस्य नेपाली हुन् । ५ जनाको टोली भने विदेशी रहेको विभागको तथ्यांक छ ।

साढे २३ लाख रोयल्टी

शरद ऋतुमा हिमाल आरोहणको शुल्क वसन्त ऋतुको तुलनामा ५० प्रतिशत कम छ । विभागका अनुसार अहिलेसम्म जारी ५ वटा आरोहण अनुमतिबाट कुल २३ लाख ६० हजार २ सय ८२ रुपैयाँ रोयल्टी उठेको छ । यसमध्ये सबैभन्दा बढी १९ लाख ६ हजार ७ सय ४० रुपैयाँ बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले तिरेको हो । त्यसपछि कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लासहितको टोलीले तिरेको छ । यो टोलीले कुल २ लाख ८२ हजार ४ सय ८० रुपैयाँ रोयल्टी तिरेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]