" /> ‘सबको भलो हुने कर्म’ खोज्दै गीतकार एसपी सापकोटा – News of Global

News of Global शनिबार, भाद्र १३, २०७७

सबको भलो हुने कर्म हुने पाए हुन्थ्यो
सेवा गर्दै दिनदुःखीको मर्न पाए हुन्थ्यो

धानको बाला झुलाएर बाँझा खेतहरु
भरिदिन पाए हुन्थ्यो भोका पेटहरु

असहाय अनाथलाई बचाउन सकुँ
हाँसो छरि ओठमा आँसु पुछिदिन सकुँ

विरामीलाई औषधी खुवाउन पाऊँ
अकालमै जाने ज्यानलाई बचाउन पाऊँ

एउटा बस्त्र गरिबलाई सिलाइदिन पाए
धन्य ठान्थें यो जुनीलाई यति गर्न पाए

माथिका शब्दजस्तै गीतकार एसपी सापकोटा शब्दबाट नै परोपकारी मन लिएर जसरी आएका छन् वास्तविकतामा पनि उनी समाजसेवामा तल्लिन छन् । मान्छे जन्मिन्छ, मर्छ शास्वत्व कुरा हो तर बाँचुन्जेल सबैको सेवा गर्नु धर्म हो भन्ने सिद्धान्तमा रहेर अघि बढेका छन् गीतकार सापकोटा । गीतिलेखनमा दुई वर्षअघि मात्र कर्म एल्बम बजारमा ल्याएका उनले त्यसपछि फुटकर रुपमा गीतहरु रेकर्ड गर्दै आएका छन् । मायाप्रेमभित्र भन्दा पनि समाजसेवा र देशभक्ति गीतमा बढी अभ्यस्त हुने गर्छन् गीतकार सापकोटा ।

गीतका शब्दहरुलाई न्याय गर्न सक्ने गायकका रुपमा शिशिर योगीलाई छानेका गीतकार सापकोटाले संगीतकार बसन्त सापकोटा लिएका छन् । गीतको शब्द, संगीत र स्वरको त्रिवणी अत्यन्तै मार्मिक बनेको छ । पछिल्लो समय कोरोनाको कहरसँगै गीतले सन्देश पनि दिएको छ । मरेर लैजानु केही छैन, बाँचुन्जेल सबैको भलो गर्न सके पुण्य कमाइन्छ भन्ने सन्देश गीतभित्र रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]