" /> बाढीका कारण मध्यभोटेकोशीमा अर्बौंको क्षति, एक चिनियाँ प्राविधिक वेपत्ता – News of Global

न्यूज अफ ग्लोबल बिहिबार, आषाढ २५, २०७७

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए ।

आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । सीईओ काफ्लेले बाढीले अरबौंको क्षति भएको बताए । इलेक्ट्रोमेकानिकल सामान राख्ने १४ नम्बर साइटमा बाढी पसेको छ । धेरै उपकरणहरु बगाएको हो, उनले भने ।

आयोजनाका लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी ९जेनेरेटर ट्रान्सफर्मर० बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । सो स्थानमा नीलो जस्ताको छानो भएको सेडमात्र देखिन्छ, उनले भने २०७३ सालमा पनि यहाँ ठूलो बाढी आएको थियो, त्यतिबेला धानेको थियो । तर, यसपटक बाढीले ठूलो क्षति पु¥यायो ।’ मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन ।

सिन्धुपाल्चोकमा आएको बाढीले दुई जनाको मृत्यु, १४ वेपत्ता

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]